काठमाडौंको वसन्तपुरमा होलीको रौनक छाएको छ। होली खेल्न सयौंको संख्यामा बालबालिका तथा युवायुवती जम्मा भएका छन्। नेपाल घुम्न आएका विदेशी पर्यटकहरुसमेत नेपालीहरुसँगै होली खेलेर रमाइरहेका छन्।
यद्यपी यसपटकको होली गतवर्षहरुमा जस्तो उमंग छैन। कोरोना भाइरसका कारण प्रायः आफन्त र साथीभाइबीच स–सानो समूहमा होली खेलिएको छ। सरकारले नै धेरै संख्यामा जम्मा भएर होली नखेल्न, रंग र पानी नछ्याप्ने गरेको आह्वान र कोरोना फैलने सन्त्रासका कारण गत वर्षहरु जस्तो होलीको रौनक यसपालि नदेखिएको हो।
होली रंगहरूको चाड हो। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक अर्कालाई रंगिन बनाउँछन्। असत्यमाथि सत्यको विजयोत्सवका रुपमा हरेक वर्ष फागुन पुर्णिमाका दिन होली पर्व मनाउने गरिन्छ।
प्रतिक्रिया