ad ad

फोटोफिचर


नभेषले खिचेको फोटो वर्षकै उत्कृष्ट (फोटो फिचर)


नेपालखबर
माघ २४, २०७६ शुक्रबार १३:१२,

फोटो पत्रकार नेभेष चित्रकारले खिचेको फोटोले फोटो अफ द इयरको उपाधि जितेको छ।

चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको फोटो अफ द इयर घोषित भएको हो।

चित्रकारले खिचेकाे फोटो प्रतियोगिता २०७६ को उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन्।

Photo_Of_The_Year_2076_1.jpegनेभेष चित्रकार-फोटो अफ द इयर

यसैगरी सुरज श्रेष्ठको फोटोले नेपाल स्माइल विधा जित्यो भने डेली लाइफ विधामा गोपेन राईले बाजी मारे। त्यस्तै दिपेन श्रेष्ठले न्युज विधाको उपाधि जित्दा नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकारले तथा कल्चर एन्ड टुरिजममा सुबिर थापाले बाजी मारे। त्यस्तै स्पोर्टस विधाको उपाधि विकास द्वारेले जिते भने फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो।

1st-Daily_Life.jpgगोपेन राई-डेली लाइफडेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो। न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए। नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रा बन्दा दिपक बुढाथोकीको फोटो तेस्रो भयो।

1st-Culture_and_Tourism.jpegसुबिर थापा-कल्चर एन्ड टुरिजम

‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो। स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो। नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो। त्यस्तै फोटो स्टोरीमा रोविक उपाध्यायको फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटाहरु तेस्रो भयो।

1st-Nepal_Smiles.jpegसुरज श्रेष्ठ-नेपाल स्माइल

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका थिए। निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १ सय ७६ फोटोहरु छानेको छ।

‘फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगितामा छानिएको उत्कृष्ट १ सय ७६ फोटोहरुको प्रदर्शनीे काठमाडौंमा यही फागुन १८ देखि २३ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा र काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिनेछ ।

1st-Sports.jpgविकास द्वारे-स्पोर्टस

नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन भएको प्रतियोगितामा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजम, नेचर एन्ड वाइल्ड लाइफ, सेलपे डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम स्पोर्ट्स र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो।

1st-News.jpgदिपेन श्रेष्ठ- न्युज

नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरको ‘सेलपे डेली लाइफ’ मा १ हजार २ सय ६७, सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजम’ मा १ हजार ४ सय ३३, ‘नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार ९८, ‘अर्घाखाँची सिमेन्ट न्युज फोटो’ मा ५ सय २, ‘डिसहोम स्पोर्ट्स’ मा ५ सय ७५, ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ मा ९ सय १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ४४ वटा फोटोकथाको ४ सय ४० गरी जम्मा ६ हजार २ सय २५ फोटो प्रतिस्पर्धामा थिए।

1st-Nature_and_Wildlife_1.jpgनभेष चित्रकार-नेचर एन्ड वाइल्ड लाइफ

विजेताहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, आइएमई ग्रुपका निर्देशक हेमराज ढकालले ट्रफि, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .