आज (आइतबार) इस्वी सम्वत् २०२३ को अन्तिम दिन। अबको केही बेरमा सन् २०२३ सकिएर नयाँ साल २०२४ सुरु हुँदैछ।
विश्वका विभिन्न देशमा उल्लाससहित सन् २०२३ को बिदाइ गरिँदैछ। यससँगै नयाँ वर्ष २०२४ को भव्य स्वागत हुँदैछ।
अंग्रेजी नयाँ वर्षको उल्लास नेपालमा पनि छ। काठमाडौंको ठमेलमा विशेष चहलपहल छ।
उता सबैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटकको जमघट हुने गण्डकीको राजधानी सहर पोखरामा नयाँ वर्षको उल्लास अर्कै छ।
विभिन्न सांस्कृति कार्यक्रमदेखि नाचगानसहित पोखरा गुन्जिरहेको छ। विभिन्न स्थानमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक झुमिरहेका छन्।
नयाँ वर्षका अवसरमा पोखरालाई विभिन्न बत्तीले झिलिमिली बनाइएको छ। नयाँ वर्षलाई स्वागत गर्न पोखराका मनोरञ्जस्थल सजाइएका छन्। जहाँ मानिसहरूको घुइँचो छ।
81
Shares
प्रतिक्रिया