ad ad

फोटोफिचर


मनाइयो श्रीपञ्चमी, स्वयम्भू पुगेर शिशुले लेखे क..ख..ग... (फोटोफिचर)


प्रविन कोइराला
माघ १६, २०७६ बिहिबार ७:१०,

आज परेको श्रीपञ्चमी अर्थात् सरस्वती पूजा विद्याकी देवीको मन्दिरमा पूजा अर्चना गरी मनाइएको छ। उपत्यकामा स्वायम्भूस्थित सरस्वती मन्दिरमा ससाना बालबालिकाहरुलाई लगेर पहिलोपटक अक्षर कोराइएको थियो।

मन्दिरको भित्तामा चकले कखग...लेखे पढ्न आउँछ भन्ने पौराणिक चलन छ। सोहीअनुसार बालबालिकाहरुलाई उक्त अभ्यास गराइएको हो। स्वयम्भूमा मात्र नभई देशैभरका विद्यालय, क्याम्पसमा समेत आज विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेका छन्।

श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ। नेपाल, भारतलगायत हिन्दू धर्मावलम्बीको बसोबास रहेको स्थानमा सरस्वती पूजा मनाउने गरिन्छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीमा सरस्वती पूजा गर्ने गरिन्छ।

वसन्तपुरमा पुगेर आजै राष्ट्रप्रमुखलगायत सरकारी विशिष्ट अधिकारीले समेत वसन्त श्रवण सुन्ने चलन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .