संस्कृति संरक्षणमा भक्तपुरले अलग्गै परिचय स्थापित गरेको छ। ऐतिहासिक महत्त्वसमेत बोकेको भक्तपुरमा गाईजात्रा पर्व धुमधामसँग मनाइँदैछ।
भक्तपुरको दरबार क्षेत्रसहितमा बिहीबार बिहानैदेखि गाईजात्रा मनाइँदैछ। खासगरी दरबार क्षेत्रमा गाईजात्राको उत्सव देख्न सकिन्छ।
आज बिहानै तलेजुबाट ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गरिएको छ। यस वर्ष मृत्यु भएका आफन्तहरुको सम्झनामा बच्चाहरुलाई राधाकृष्ण, शिवपार्वती, जिउँदो गाई र दोकोलाई कपडाले बेरेर परालको सिंङ कानका रुपमा सजाइन्छ।
अनि कमलको पात राखेर बनाएको बाँसमा कपडाले बेरेर बनाएको ताहामचामार्फत नगर परिक्रमा गराउने चलन छ।
उमेर नपुगेका बालबालिकाहरुको बाँसको डोको सिंगारेर, माटोको बसहा बनाएर गाडामा राखी भजन कृतन गरि नगरपरिक्रमा गराइन्छ।
स्थानीयले बिहानदेखि नै गाईको प्रतिकको रुपमा घुम्न आएकालाई आ-आफनो गक्षअनुसारको फलफूल, रोटी र दक्षिणा दिने चलन छ।
नेवाः समुदायले विशेष पर्वका रूपमा मनाउँदै आएको सापारु पर्वमा वर्ष दिनभित्र मरेका मान्छेको आत्माले मोक्ष प्राप्त गरुन् भन्ने कामना गरिन्छ।
Shares
प्रतिक्रिया