भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक बिस्का (बिस्केट) जात्रा सुरु भएको छ। आजबाट सुरु भएको यो जात्रा वैशाख ५ गतेसम्म आठ रात नौ दिन धूमधाम मनाइन्छ।
सोमबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो।
बिस्का जात्राको पहिलो दिन काठै–काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु हुन्छ।
जात्राको पहिलो दिन तौमढीबाट तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पुर्याएर पुनः तौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्याइने प्रचलन छ।
18
Shares
प्रतिक्रिया