बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै फेरि काठमाडौंमा प्रदर्शन सुरु भएको छ।
प्रदर्शनमा उत्रिएका रूवि खानसहिततलाई प्रहरीले सोमबार बबरमहलबाट पक्राउ गरेको छ।
नागरिक समाजका सदस्यहरुसहित बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका खानसहित आधा दर्जन प्रदर्शनकारी पक्राउ परेका थिए।
उनीहरुलाई प्रदर्शनस्थलबाट पक्राउ गरि हिरासतमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। त्यसपछि बाँकी प्रदर्शनकारीले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन्।
पीडितको न्यायका लागि भन्दै उनीहरु लामो समयदेखि आन्दोलित छन्। निर्मला कुर्मीलाई न्यायका लागि भन्दै रुबी खान लगायतको टोली फेरि आन्दोलित भएको छ।
बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएको उनीहरुको आरोप छ। तर स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको गुनासो पीडित पक्षको छ।
Shares
प्रतिक्रिया