स्थानीय तह निर्वाचन गराउने जिम्मेवारी पाएका कर्मचारीहरु मतदान केन्द्रमा खटिन थालेका छन्।
काठमाडौंको बबरमहलस्थित स्थानीय समन्वय समितिको कार्यालयबाट आवश्यक बन्दोबस्तीका सामानसहित कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका हुन्।
त्यसक्रममा कर्मचारी र सुरक्षाकर्मीले मत पेटिकादेखि निर्वाचन आयोग लेखिएका बोर्डसहितका सामाग्री लिएर मतदान केन्द्रतिर लागेका हुन्।
निर्वाचन आयोगले यसअघि नै देशभरका सबै जिल्लामा मतपत्र ढुवानी गरिसकेको छ।
60
Shares
प्रतिक्रिया