नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले घरदैलो अभियान अघि बढाएकी छन्।
उनी आइतवार अपरान्ह काठमाडौंको नक्सालस्थित स्थानीयबासीको घर घरमा पुगेर मत माग्न व्यस्त भइन्।
चाक्सीबारीबाट निस्किएकी सिर्जना आफ्ना कार्यकर्ता र वडाअध्यक्षका उम्मेदवारसहित चुनावी अभियानमा निस्किइन्।
त्यसक्रममा उनले मतदाताहरुसँग संवादसहित आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेकी छन्। काठमाडौंमा एमालेका केशव स्थापित र सिर्जनाबीच प्रतिस्पर्धा हुने अनुमान छ।
150
Shares
प्रतिक्रिया