नेपाली क्रिकेट टिमले अहिले जिम्बाब्वे 'ए' विरुद्ध टी-२० श्रृंखलाको पहिलो खेल खेलिरहेको छ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भइरहेको टी२० शृंखलाअन्तर्गतको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले ब्याटिङ गरेको हो।
नेपालले पूरै २० ओभर खेल्दै ५ विकेट क्षतिमा १८१ रन बनाएको छ। घरेलु दर्शकको पनि साथ पाएको नेपालका लागि कुशल भुर्तेलले ३१ बल खेल्दै ४६ रनको योगदान गरे।
त्यस्तै आसिफ शेखले १६ बलमा ९ रन, रोहितकुमार पौडेलले २६ बलमा ३६ रन, दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन बनाए।
आरिफ शेख ४ बलमा २ रन जोड्दा क्याचआउट हुनपुगे। ऐरीपछि ब्याटिङमा आएका महम्मद आदिल खान अर्धशतक बनाउन ३ रनबाट चुके। उनले २७ बल खेल्दै ४७ रन बनाए। त्यस्तै करण केसीले ४ बलमा ४ रन बटुले।
नेपालले ९ अतिरिक्त रन उपहार पाएको थियो।
Shares
प्रतिक्रिया