ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ।
कोभिड महामारीको समयमा काठमाडौं उपत्यकामा अक्सिजन उपलब्ध गराउने यो प्लान्टमा भएको विस्फोटमा एकजनाले ज्यान गुमाएका छन्।
घटनास्थलमा अहिले प्रहरीसहितका उद्धारकर्मी पुगेका छन्। विस्फोटबाट प्लान्ट रहेको भवन क्षतिग्रस्त भएको छ।
ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार एक जनाको प्लान्टभित्रै मृत्यु भएको हो।
519
Shares
प्रतिक्रिया