नेपाली कांग्रेसमा अहिलेसम्म सार्वजनिक पदहरुको नतिजा अनुसार गगन थापाले सबैभन्दा लोकप्रिय मत ल्याएका छन्।
कांग्रेस महामन्त्रीका अन्य प्रतिस्पर्धीभन्दा उनले दोब्बर मत ल्याएर नेतृत्वमा हस्तक्षेपकारी भूमिका पाए।
यस्तो अवस्थामा उनी बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका थिए।
जहाँ उनको प्रतीक्षामा सयौँ समर्थक र कांग्रेस कार्यकर्ता बधाई दिन तयार थिए। उनलाई महामन्त्री जितेपछि प्रधानमन्त्रीका रुपमा देख्न चाहने ठूलो जमात सानेपामा थियो।
र, त नारा लाग्यो, 'बालुवाटारले के भन्छ, गगन थापा ले भन्छ', अर्थात अब गगन प्रधानमन्त्री हुनुपर्ने बाटोमा अघि बढ्नुपर्ने धारणा समर्थकहरूको थियो।
गगनले सानेपा पुगेर पार्टी कार्यालयमा पहिले सम्बोधन गरे। त्यसपछि त्यहाँबाट निस्किएर सडकमा आइपुगेपछि पनि उनले सबैको साथले जित निकाल्न सकेको भन्दै धन्यवाद दिए।
Shares
प्रतिक्रिया