काठमाडौंमा जारी नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान तयारी भइरहेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भृकुटीमण्डपका दुई ठाउँ र राष्ट्रिय सभागृहमा मतदानका लागि बुथ निर्माण गरेको छ।
निर्वाचन समितिका अनुसार भृकुटीमण्डपको प्रदर्शनी हल र महाधिवेशनमा उद्घाटन भएको चौरलाई मतदान केन्द्र बनाइँदैछ।
त्यसका लागि समितिले आवश्यक सुरक्षा लिएर प्राविधिकसहितका तयारी धमाधम गरिरहेको छ।
कांग्रेसले मतदानका लागि पानी ट्यांकी नै ल्याएको छ। ती पानी ट्यांकीका बिर्को काटेर मतपत्र खसाल्ने व्यवस्था कांग्रेसले मिलाएको छ।
विद्युतीय मतदानमा जान नमानेको कांग्रेसले कागज नै रोजेपछि मतदानदेखि गणनासम्म लामो समय लाग्ने अनुमान गरिएको छ।
45
Shares
प्रतिक्रिया