राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीहरुले ईश्वरको नाममा सपथ लिएका छन्।
प्रज्ञा भवन कमलादीमा आयोजित विशेष कार्यक्रममा उनीहरुले नेपाल माता, नेपाली जनता र ईश्वरलाई सम्झिँदै शपथ लिएका हुन्।
लिङ्देनलाई निर्वाचन आयोगका अध्यक्ष हरिबहादुर बस्नेतले शपथ खुवाए। त्यस्तै केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङ्देनले शपथ गराए।
'...नेपाल माता, नेपाली जनता र ईश्वरको नाममा शपथ लिन्छु', राप्रपाको शपथ ग्रहणको ब्यहोरामा भनिएको छ।
पूर्वपञ्चहरुको पार्टी राप्रपा हिन्दु राज्य र राजतन्त्र फर्काउने अभियानमा रहेको छ। तर शपथ अध्यक्षमा पराजित कमल थापा अनुपस्थित रहे।
105
Shares
प्रतिक्रिया