नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा चितवनको नारायणी किनारमा सुरु भएको छ।
एमालेले महाधिवेशनमा सहभागी गराउन देशभरबाट लाखौँ कार्यकर्ता र समर्थक नारायणी किनारमा उतारेको छ।
एमालेको महाधिवेशनमा करिब ५ लाख मानिस ल्याइएको दाबी नेताहरुले गरेका छन्।
महाधिवेशनको सुरुमा विभिन्न ७२ जना कलाकारहरुले एकै साथ मञ्चबाट गीत गाएर आगन्तुकलाई स्वागत गरे।
त्यस्तै चितवनसहित देशभरबाट आएका अनेक जातजातिका सांस्कृतिक झाँकी र कला उद्घाटनस्थलमा देखाइएको छ।
अहिले एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कार्यक्रमलाई अघि बढाइरहेका छन्। त्यहाँ देशदेखि विदेशबाट बोलाइएका अतिथिहरू पुगेका छन्।
एमालेको महाधिवेशन हेर्न दूधे नानीहरू बोकेर पनि सर्वसाधारण चितवन पुगेका छन्।
Shares
प्रतिक्रिया