नेकपा एमालेले दशौँ महाधिवेशनस्थल चितवनको नारायणगढस्थित नारायणी नदी किनार सजावटलाई तीव्र पारेको छ।
करिब ५ लाख मानिस उतार्ने गरी एमालेले नारायणी किनारमा विशेष तयारी थालेको हो।
अहिले एमालेले कालीगढहरूको समेत सहयोग लिएर नारायणी किनारमा दुई तले मञ्च बनाइरहेको छ। जहाँ उद्घाटनका क्रममा एकसाथ ७२ कलाकारले प्रस्तुति दिनेछन्।
त्यसकै लागि एमालेले तयारी थालेको हो। उद्घाटन कार्यक्रमलाई भव्य बनाउन एमालेले नारायणीका चितवन र नवलपरासी दुवैतर्फको किनारमा सजाउने कामलाई तीव्र बनाएको छ।
६० भन्दा धेरै ठाउँमा सेल्फी खिच्ने सुविधासहितको प्वाइन्ट बनाइँदैछ। त्यस्तै चितवन र नवलपरासी दुवैतिर मानिसहरुलाई सजिलोका लागि डिजिटल डिस्प्ले पनि राख्न थालिएको छ।
729
Shares
प्रतिक्रिया