प्रमुख प्रतिपक्षी नेकपा एमालेको विधान महाधिवेशनमा शनिबारदेखि विभिन्न १० समूहमा समूहगत छलफल भइरहेको छ।
शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए।
ती प्रतिवेदन र प्रस्तावहरूमाथि १० वटा समूहमा विभाजित प्रतिनिधिहरुले शनिबारदेखि छलफल शुरु गरेका हुन्।
तीनैवटा प्रस्ताव र प्रतिवेदनमाथि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा छुट्टाछुट्टै छलफल भइरहेको छ।
135
Shares
प्रतिक्रिया