काठमाडौं उपत्यकामा हुने अधिकांश क्रिकेट प्रतियोगिता हुने ठाउँ हो– त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान।
तर भौतिक पूर्वाधारको पर्याप्त व्यवस्था नहुँदा दर्शकले सास्ती पाउँदै आएका छन्। यसमा न नेपाल क्रिकेट संघले ध्यान दिन्छ न त प्रतियोगिताका आयोजकले नै।
राजधानीमा अहिले क्रिकेटको ठूलो प्रतियोगिता एभरेस्ट प्रिमियर लिग चलिरहेको छ। आज पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीच खेल हुँदै थियो। यतिकैमा पानी परेर खेल रोकियो।
त्यसपछि सुरु भयो दर्शकको कन्तबिजोग। क्रिकेटलाई माया गर्ने दर्शकको लागि घाँसमाथि बस्नेबाहेक अरु कुनै राम्राे विकल्प नै छैन। यतिसम्म कि पानी पर्दा ओत लाग्न विज्ञापन बाेर्ड ओढ्नुपर्ने, रुखकाे फेदमा लुक्नुपर्ने वा मैदानै छाेडेर हिँड्नुपर्ने अवस्था छ।
आज पनि यही दृश्य दोहोरियो। विदाको दिन नभए पनि दर्शक मैदानसम्मै पुगे तर पानीले खेल रोकिएपछि निराश हुँदै फर्किए। अंक बाँडेको निर्णय हुनुअघिसम्म पनि उनीहरु खेल पुनः सुरु हुने आशामा थिए।
केही तस्बिर
Shares
प्रतिक्रिया