एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाकिस्तान चर्चित क्रिकेटर शाहिद अफ्रिदी बिहीबार अपरान्ह काठमाडौं आइपुगेका छन्।
काठमाडौं किङ्स-११ मा आवद्ध भइसकेका उनलाई क्लबका पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।
अफ्रिदीले नेपाली क्रिकेटलाई सघाउन आफू नेपाल आइपुगेको बताएका छन्।
अफ्रिदीले नेपाल आउन पाएकोमा खुसी व्यक्त गरे। ‘नेपाल र नेपाली क्रिकेटलाई साथ दिन आएको छु', उनले भने, 'नेपाली भूमिमा टेक्न पाउँदा खुसी लागेको छ।'
अफ्रिदीले नेपालमा दुईवटा ईपीएल खेल खेल्ने छन्। अफ्रिदीले ईपीएलमा काठमाडौं किङ्स-११ बाट दुईवटा खेलमा सहभागिता जनाउनेछन्।
192
Shares
प्रतिक्रिया