विद्यार्थीहरुलाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
काठमाडौं महानगरपालिकाले राजधानीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरेको हो।
सोहीअनुसार ४० वर्ष वा सोभन्दा माथि उमेर समूह, १८ वर्ष पूरा भएका प्लस२ का विद्यार्थी, विश्वविद्यालय तहको परीषाको प्रवेशपत्र लिएका विद्यार्थीलाई खोप लगाउन आउन भनेको छ।
विद्यार्थीको लागि यही भदौ ४, ५ र ८ गते ३२ वटै वडामा खोप लगाइने महानगरपालिकाले जनाएको छ। खोप लगाउने समय बिहान १० देखि बेलुका ५ बजेसम्म तोकिएको छ।
15
Shares
प्रतिक्रिया