ad ad

छापा खबर


जापानी रोजगारी : हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउने

जापानी रोजगारी : हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउने

नेपालखबर
असोज ११, २०७६ शनिबार ०:३५,

जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ।

जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत अवोदन दिन पाउनेछन्।

शुक्रबार सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ।

जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउनेछन्। 

आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदन छानिनेछन्।

जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजान लागेको हो। भाषा परीक्षाका लागि जापानले लक्की ड्रमार्फत एक हजार जना छनोट गर्नेछ। भाषा परीक्षामा उत्तीर्ण भएका मात्रै केयर गिभरका लागि जापान जान पाउनेछन्।

भाषा परीक्षाका लागि जापानले असोज २२ गते मात्रै नतिजा प्रकाशन गर्नेछ। लक्की ड्रमार्फत छानिएकाले असोज २४ गते दुई हजार पाँच सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउँछन्।

नेपाली कामदारका लागि जापान आकर्षक मुलुक हो। जापानीसरह सेवासुविधा पाइने भएकाले जापान जान चाहनेको संख्या अत्यधिक छ। झन्डै एक लाखभन्दा बढीले जापानी भाषा अध्ययन गरिरहेको बताइन्छ। जापान जान चाहनेको संख्या अधिक हुने संकेत देखिएसँगै जापानले लक्की ड्रमार्फत छोटो सूची बनाएर भाषा र सीपको परीक्षा लिने योजना बनाएको हो। भाषा परीक्षाका लागि आवेदन दिँदा कुनै शुल्क लाग्दैन।यो खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।

जापानले युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट कम्प्युटरमा आधारित भाषा र सीप परीक्षा सञ्चालन गर्नेछ। कात्तिक १०, ११ र १२ गते पहिलो चरणको परीक्षा हुनेछ। त्यस्तै दोस्रो चरणमा कात्तिक १९, २० र २१ गते र तेस्रो चरणमा कात्तिक २६, २७ र २८ मा भाषा तथा सीप परीक्षा हुने तय भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .