ad ad

छापा खबर


तीन दर्जन सैनिक अधिकृतमाथि कारबाहीको तयारी

तीन दर्जन सैनिक अधिकृतमाथि कारबाहीको तयारी

नेपालखबर
साउन २७, २०७६ सोमबार ०:५१,

नेपाली सेनाले नक्कली शैशिक्ष प्रमाणपत्र पेस गरेका केही सहायकरथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारबाहीको तयारी गरेको छ।

उपरथी दर्जामा पदोन्नती हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जनजति अधिकारीमाथि छानविनपछि कारबाहीको तयारी भइरहेको सैनिक मुख्यालयले जनाएको छ।

यो खबर आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन्।

छानबिन समितिले ती अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा किर्ते कागजात बनाएको फेला पारेको छ।

उनीहरुले पेश गरेका शैक्षिकलगायतका कागजातको वैद्यता नपुगेपछि छानविन प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .