ad ad

छापा खबर


नक्सामा समेटिएको लिम्पियाधुरा क्षेत्रमा नेपालले जनगणना गर्छ कि गर्दैन?

नक्सामा समेटिएको लिम्पियाधुरा क्षेत्रमा नेपालले जनगणना गर्छ कि गर्दैन?

नेपालखबर
पुस १९, २०७७ आइतबार १:४६,

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ। ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गरिँदै छ।

यसअघि २०५८ र २०६८ मा पूर्णगणनाविधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुने खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

पूर्णगणना विधिबाट सबै घरमा पुगेर तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

यसैबीच सरकारले सुरक्षाको प्रत्याभूति गरे लिम्पियाधुरा क्षेत्रको कुटी, गुन्जी र नाभीको पनि गणना गरिने विभागले जनाएको छ । उक्त क्षेत्रमा २०१८ सालसम्म जनगणना भएको थियो।

भारतले कब्जा गरेका लिम्पियाधुरा छेउका गब्र्याङ, नाभी र गुन्जी त्यो बेला नेपालमै थिए । अहिले वर्तमान सरकारले सो भूभाग आफ्नो भएको भन्दै नेपालको नक्सामै समेटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .