ad ad

छापा खबर


भुवन चन्द थापालाई प्रश्न : नेपालकै प्रथम नायिका भएर पनि फिल्ममा त्यति देखिनुभएन नि?

भुवन चन्द थापालाई प्रश्न : नेपालकै प्रथम नायिका भएर पनि फिल्ममा त्यति देखिनुभएन नि?

नेपालखबर
साउन १२, २०७६ आइतबार ०:५८,

१५ वर्षकै उमेरमा नेपाली भूमिमा बनेको पहिलो नेपाली फिल्म आमामा नायिका भएपछि भुवन चन्द थापा नेपाली फिल्मकी प्रथम नायिका भइन्।

२०२२ सालको आमाअघि उनले २०१० सालमा बालकृष्ण समको नाटकबाट बाल कलाकारका रूपमा अभिनय आरम्भ गरेकी थिइन्।

उनीसँगको अन्तर्वार्ता आजको नेपाल समाचारपत्रमा छापेको छ। त्यसको केही अंश :

नेपालकै प्रथम नायिका भए पनि पछि फिल्ममा त्यति सारो देखिनुभएन। यसको कारण के होला?
म २०१८ सालदेखि नाचघरमा जागिर सुरु गरेर २०६२ सालमा रिटायर्ड भएँ। जागिर खाँदा फिल्ममा काम गर्ने समय मिल्दैनथ्यो। बिदाको समय मिलाएर केही फिल्ममा चाहिँ अभिनय गरेको छु। वर्षको एउटा फिल्म त गरिरहेकै हुन्छु। कला क्षेत्रमा बाल्यकाल र जवानी बित्यो।

अहिले बुढ्यौली लागेपछि पनि पलायन भइएला भनेर प्रोडक्सन हाउस खोलेको छु। फिल्मको संख्या कम भएको मात्र हो। तर नाटकमा भने धेरै खोलेको छु। मलाई खासगरी फिल्मभन्दा पनि रंगमञ्चमा काम गर्दा आनन्द आउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .