ad ad

छापा खबर


धेरै कठिन छ आइसियू पाउन : १२५ आइसियू र ५५ भेन्टिलेटर खाली, तर संक्रमितले पाएनन् बेड

धेरै कठिन छ आइसियू पाउन : १२५ आइसियू र ५५ भेन्टिलेटर खाली, तर संक्रमितले पाएनन् बेड

नेपालखबर
असोज २२, २०७७ बिहिबार २३:५६,

उपत्यकाका अस्पतालमा मात्रै दुई सय सात कोभिड आइसियू र ८२ भेन्टिलेटर छन्।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार उपत्यकामा ८२ जना आइसियूमा र २७ जना भेन्टिलेटरमा उपचाररत छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

बिहीबार साँझसम्म उपत्यकामा मात्रै एक सय २५ कोभिड आइसियू र ५५ भेन्टिलेटर खाली छन् । सरकारी अस्पतालमा मात्रै अझै ३९ वटा आइसियू र २७ वटा भेन्टिलेटर खाली नै छन् । तथ्यांकअनुसार निजी अस्पतालले उपत्यकामा कोभिडका लागि ७२ आइसियू र २८ भेन्टिलेटर छुट्याएका छन्।

घटना १ : सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भयो । ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूको आवश्यकता प¥यो । उपत्यकाका सबै अस्पतालले आइसियू खाली नभएको बताए । उनलाई आइसियू दिलाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयको पूरै टिम लागिप¥यो । करिब २४ घन्टापछि वीर अस्पतालको एउटा आइसियू उपलब्ध गराएर उनलाई राखियो।

घटना २ : काठमाडौंका राजन श्रेष्ठ (नाम परिवर्तन) लाई गत आइतबार कोरोना पुष्टि भयो । सुगरका बिरामी उनलाई भाइरसले निकैै च्याप्यो । आइसियूको आवश्यकता भएकाले उनले एकपछि अर्को अस्पतालमा सम्पर्क गरे । उपत्यकाका सबै अस्पतालले कोरोना पोजेटिभ भनेपछि शय्या प्याक भएको बताए । केही पार नलागेपछि उनले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गरे । स्वास्थ्य मन्त्रालयदेखि नेतासम्मले प्रयास गरे पनि उनले समयमा आइसियू पाउन सकेनन् । एक दिनपछि मन्त्रालयले उनलाई निजी अस्पतालको आइसियूमा पठायो।

यी दुई घटना प्रतिनिधिमूलक मात्रै हुन्, जसले कोभिडका गम्भीर बिरामीले पनि सहजै आइसियू नपाउने अवस्था झल्काउँछ।

कोभिड उपचारमा जुटेका चिकित्सकका अनुसार संक्रमितको संख्या बढेसँगै आइसियू र भेन्टिलेटरको माग पनि बढेको छ । तर, मागअनुसार आइसियू र भेन्टिलेटर उपलब्ध छैनन् । बरु उपत्यकाका सबै अस्पतालले सघन उपचार कक्ष आइसियू खाली नभएको बताउन थालेका छन्।

यसको प्रत्यक्ष मारमा गरिब र विपन्न समुदाय परेका छन् । र, तथ्यांकले भन्छ– अस्पतालले जानी–बुझी कोभिड बिरामीलाई आइसियूमा राख्न मानिरहेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .