ad ad

छापा खबर


कोरोनालाई जितेका ‘हाइप्रोफाइल’ व्यक्तिको सुझाव यस्तो छ

कोरोनालाई जितेका ‘हाइप्रोफाइल’ व्यक्तिको सुझाव यस्तो छ

नेपालखबर
भदौ २२, २०७७ सोमबार ०:२१,

कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन्। संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन्।

आफूहरू संक्रमण भएको बेला नआत्तिएको तर दृढ आत्मविश्वास कायम गरेर बसेको अनुभव उनीहरुले साटेका खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

संवैधानिक निकायका प्रमुखदेखि सांसदसम्मलाई कोरोना संक्रमण देखिएको छ । यस्तै, न्यायाधीशदेखि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी पत्रकारसम्मलाई कोरोना संक्रमण भएको छ।

सांसद प्रदीप यादवले कोरोना संक्रमण भइहाले इच्छाशक्ति र आत्मबल बलियो बनाउन सके केही नहुने बताए।

उनले संक्रमण हुन नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने बताए । सांसद यादव १२ दिन आइसोलेसनमा बसेका थिए ।

विराट मेडिकल कलेजका सञ्चालक चिकित्सक डा.ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोनासँगै बाँचेर हिँड्नुपर्ने बताए । उनले जो सुकै पनि संक्रमित हुन सक्ने भन्दै कसैलाई कोरोना भइहाले समाजले अपहेलना गर्न नहुने बताए।

उनले भने, ‘सबैभन्दा ठूलो कुरा त रोग लाग्न नदिनु हो । कोरोनासँगै जिउन सिक्नुपर्छ ।’ उनले संक्रमण हुन नदिन सरसफाइ, भौतिक दूरी र मास्कको समुचित प्रयोगलाई विशेष ध्यान दिनुपर्ने बताए । डा.कार्की ११ दिन आइसोलेसनमा बसेका थिए।

सांसद यज्ञबहादुर बोगटीले आफू संक्रमित भए पनि संक्रमण भएको कुनै अनुभूति नभएको बताए । उनले संक्रमण भएको तर आफूलाई कुनै लक्षण नदेखिएको बताए।

सांसद बोगटीले भने, ‘तातोपानी, गुर्जोको रस र बेसारपानी खाएर कोरोना भगाएँ । कोरोना भइहाले डराउनुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था रहेनछ भन्ने महसुस गरें ।’ रिपोर्ट नेगेटिभ आए पनि उनी आइसोलेसनमा छन्।

उद्योगपति विनोद चौधरीले १० दिनसम्म एकान्तवासमा बसेको बताए । उनले ट्वीट गर्दै भनेका छन्, ‘तपाईंहरूको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो । त्यही ऊर्जाकै कारण म कोरोना संक्रमणबाट मुक्त भएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .