ad ad

छापा खबर


भैरहवाका एक वैद्यको दाबी : अर्कबटीले सात दिनमै कोरोना मुक्त गर्छ!

भैरहवाका एक वैद्यको दाबी : अर्कबटीले सात दिनमै कोरोना मुक्त गर्छ!

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ३:२४,

रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको दाबी गरेका छन्।

‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ जनाको कोरोना भाइरस नेगेटिभ रिजल्ट आएको छ।’

यो समाचार आजको समाचारपत्र दैनिकमा बुटवलबाट यमलाल भुसालले लेखेका छन्।

गौतमले आफू ८५ पुस्ताको रुपमा आयुर्वेदिक जडीबुटीको अनुसन्धानकर्ताको रुपमा काम गर्दै आएको दाबी गरे।

आफूले तयार गरेको आयुर्वेदिक औषधी कोरोना पोजेटिभ भएका बिरामीले खाएको ७ दिनमा कोरोना भाइरस मर्ने, ८ र ९औं दिनमा कोरोना भाइरसको लास निकाल्ने, १०औं दिनमा स्वाब लिने र ११औं दिनमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने दाबी गौतमको छ।

नेपालमा पाइने पाँच प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी ‘अर्कबटी’ गोली तयार पारिएको गौतमले जानकारी दिए।

चीनको उहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरुको मृत्यु भएको खबर सुन्नासाथ जडीबुटीबाट आयुर्वेद औषधी निर्माणबारे अध्ययन थालेको गौतमले बताए।

२ हजार ५ सय वर्षपहिले ऋषि आत्रेयराज अत्रीले जुम्लाको गोतम वाडाबाट शुरु गरेको सूत्रानुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडीबुटीलाई कोरोनाविरुद्धको औषधी बन्न सक्ने सोचेर त्यही विधिअनुसार औषधी तयार पारिएको उनको भनाई छ।

गौतम २०४८ सालदेखि हालसम्म ३६ करोड रुपियाँ जडीबुटीको अनुसन्धान र उत्पादनमा खर्च गरेको दाबी गर्छन्।

अहिले लकडाउनका कारण मूल्य बढी हालेर भए पनि कच्चा पदार्थ खरिद गर्नुपरेकाले कोरोना भाइरसविरुद्धको औषधीको मूल्य अलि बढी पर्ने गरेको गौतमले बताए। अहिले काठमाडौंमा ४ हजार र बाहिर ३ हजार ५ सयमा एक जना कोरोना पोजेटिभ बिरामीका लागि चाहिने डोजको मूल्य उनले तय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .