ad ad

छापा खबर


१४ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ, बलात्कार आरोपमा बाबु पक्राउ

१४ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ, बलात्कार आरोपमा बाबु पक्राउ

नेपालखबर
साउन १३, २०७७ मंगलबार १:२५,

बाबजुराको बुढीगंगा नगरपालिकामा ६५ वर्षीय एक पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको खुलेको छ।

किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेपछि उनलाई आफ्नै बाबुले बलात्कार गरेको खुलेको खबर आजको राजधानी दैनिकमा बाजुराबाट निमेन्द्र शाहीले लेखेका छन्।

कक्षा ६ मा पढ्ने किशोरीको महिनावारी सुरु भएको एक वर्ष भएको थियो। उनले भनिन्, ‘आमा गाईभैँसी लिएर गोठमा बस्ने गरेकी थिइन्, घरमा कोही नभएको बेला बुवाले जबर्जस्ती गरेका हुन्। मलाई रक्तस्राव भयो। कसैलाई भने मार्छु भनेकाले भन्न सकिन।’

गएको साता उनी पेट दुखेको भनेर चेक गर्न स्वास्थ्य चौकी पुगेको बेला स्वास्थ्यकर्मीले पेटमा बच्च रहेको बताएका हुन्।

छोरीलाई बलात्कार गर्ने ५६ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको छ। उनलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए।

बालिकालाई सदरमुकाम मार्तडीमा रहेको सेभ हाउसमा राखिएको छ। बालिकाको पेटमा २५ देखि २७ साताको गर्भ रहेको अनुमान स्वास्थ्यकर्मीले गरेका छन्।

हाडनाता करणीमा २८ सातासम्मको गर्भपतन गर्न पाउने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .