ad ad

छापा खबर


कोरोनाको कारण यसरी विश्वव्यापी बन्दै छ ‘नमस्ते’ संस्कार

कोरोनाको कारण यसरी विश्वव्यापी बन्दै छ ‘नमस्ते’ संस्कार

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ०:१७,

शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ। कोरोना भाइरस (कोभिड-१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ।

संसारभरि नै मानिस घरभित्र बसेर एक जीवाणुसँगको हतियारविहीन लडाइँमा छन्। यो भाइरस र एकान्तबासको अवस्था कहिले हटेर जान्छ थाहा छैन।

विज्ञका अनुसार यसको असर दुई वर्षसम्म रहन सक्छ । यस्तो अवस्थामा कोरोना कहरपछि विश्वका मानिसको आनीबानी, सामाजिक जीवनका व्यवहार र शैली कस्तो होला? अनुमान भइरहेका छन्।

कोरोना महामारी सकिए पनि यसले मानिसको जीवनमा लामो समय असर रहने पक्का छ । अहिले मानिसले चर्चा गरिरहेका विषयमा संस्कार तथा वित्तीय व्यवहार छन्।

महामारीको यो हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौँ। यो खबर आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छन्।

यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कुरा पनि मूलधारका राजनीतिभन्दा कम चर्चित छैनन् । गत मार्चमा ब्रिटिस क्याबिनेटका सदस्यलाई राजकुमार चाल्र्सले गरेको नमस्तेदेखि फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनसम्म नमस्तेका तस्बिर इन्टरनेटमा भाइरल बने।

 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त नागरिकलाई हात मिलाउनुको सट्टा नमस्ते गर्न अपिल नै गरे । नमस्तेको कहानी यत्तिमै सकिँदैन, विश्व शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतले नमस्तेलाई ‘नन–कन्ट्याक्ट ग्रिटिङ्स’ भनी प्रशंसा गरे।

कोरोनाबाट बच्न गरिएको ‘नमस्ते’ भविष्यमा स्वच्छ र सभ्य अभिवादनको विश्वव्यापी मानक बन्ला? विद्वान्बीच चर्चा भइरहेको छ।

प्रिन्सटन युनिभर्सिटीका मनोविज्ञान प्राध्यापक अल्क वेबर मानिसका बानी र व्यवहार आर्थिक सामाजिक सन्दर्भसँगै परिवर्तन हुन्छन् । स्वास्थ्यका लागि बानी परिवर्तन नहुने कुरै छैन । पश्चिमी जीवनशैली हस्त मिलन अर्थात् ह्यान्डसेकबिना कस्तो होला? परिचर्चा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .