ad ad

छापा खबर


एउटी नेपाली नायिकाको गुमनाम मृत्युले उब्जाएको प्रश्न

एउटी नेपाली नायिकाको गुमनाम मृत्युले उब्जाएको प्रश्न

नेपालखबर
फागुन १५, २०७६ बिहिबार २:५,

माघ २९ गते धादिङमाको गजुरीमा दुई युवतीको निधन भयो।

यो समाचारले नेपाली अखबारमा सानो ठाउँ पायो, तर त्यस दुर्घटनामा निधन हुने दुईमध्ये एक युवती भने नेपाली फिल्म उद्योगमा एक दर्जन फिल्मकी अभिनेत्री थिइन् र उनको नाम थियो महिमा सिलवाल।

मृत्यु हुने अर्की युवती महिमाकी बहिनी शर्मिला थिइन्।

उनै अभिनेत्रीको मृत्युको १३ औँ दिनमा नेपाल चलचित्र कलाकार संघल श्रद्धाञ्जली कार्यक्रम राख्यो।

श्रद्धाञ्जली सभामा उपस्थित भएका सबै व्यक्तिको संख्या ३० जना मात्र थियो।

अभिनेत्री महिमा सिलवालको लाश जलाउन जम्मा पाँच जना कलाकार भेला भए।

फिल्म उद्योगका लागि मरिहत्ते गर्ने कलाकार र प्राविधिकको गुमनाम मृत्यु बढ्दो छ।

घटनास्थलमा रातारात जाने त भएनन् नै तेह्र दिने स्मृतिसभामा गएर सम्झिदिने पनि कोही नभएका संघका पूर्वअध्यक्ष नवल खड्काले बताए।

फिल्म उद्योगमा बैगुनीहरुको बोलबाला बढ्दै गएको खबर आजको शुक्रबार साप्ताहिकमा भोला अधिकारीले लेखेका छन्।

महिमा सिलवालको दर्दनाक अन्त्य त एउटा उदाहरण मात्र हो। यस्ता थुप्रै उदाहरण छन्, जहाँ फिल्मका कलाकार मर्दा लास उठाउने मान्छेको अभाव त हुन्छ नै सबैभन्दा बिजोग प्राविधिकहरुको मृत्युमा देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .