ad ad

छापा खबर


विज्ञ भन्छन्- नोटमा १७ दिनसम्म कोरोना भाइरस जीवित रहन्छ

विज्ञ भन्छन्- नोटमा १७ दिनसम्म कोरोना भाइरस जीवित रहन्छ

नेपालखबर
फागुन १४, २०७६ बुधबार १:५,

सामान्यतया फ्लुका भाइरस नोटमा झण्डै १७ दिनसम्म जीवित रहन्छन्।

यस्तोमा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने जोखिम हुन्छ।

आजको नयाँ पत्रिका दैनिकमा शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरहादुर पुन लेख्छन्– एन्फ्लुएन्जा भाइरस पैसाको माध्यमबाट सर्छ भन्ने पहिले नै पुष्टी भइसकेको छ।

पैसाको माध्यमबाट कोरोना भाइरस फैलने खतरालाई मध्यनजर गर्दै भर्खरै चीन सरकारले केन्द्रीय बैँकको गुआङझोउ ब्रान्च र पिपुल्स बैँक अफ चाइनाको संयोजकत्वमा प्रभावित क्षेत्रमा ६ सय विलियम युआन अर्थात ८६ बिलियम डलर नोट नष्ट गरेको छ।

प्रभावित क्षेत्रका अस्पताल, बजार र यातायातबाट संकलत गरिएको नोट नष्ट गरिएको हो।

अमेरिकामा प्रत्येक वर्ष ३६ हजार व्यक्तिले विभिन्न फ्लुका कारण ज्यान गुमाउछन्।

जसमध्ये करिब १० प्रतिशत ब्याक्टेरिया पैसाका माध्यमबाट एकबाट अर्कोमा सर्ने गरेको पाइएको छ।

पैसाबाट भाइरस सर्न नदिन सचेत हुन आवश्यक छ। पैसालाइ सकेसम्म मुखको सम्पर्कमा लानु हुँदैन।

फोहोर हालतले पैसा चलाउनु हुँदैन। बच्चाबाट समेत पैसा टाढा राख्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .