प्रदेश प्रहरी गठन सम्बन्धी आवश्यक संघीय कानुन आएसँगै प्रदेश २ सरकारले प्रहरी भर्नाका लागि आवश्यक तयारी थालेको छ।
प्रदेश लोकसेवा आयोग पाठ्क्रम र परीक्षाको ढाँचा तयार गरिरहेको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विनियमावली र निर्देशिका तयार गर्दै गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी अधिकार र सुरक्षा विज्ञसँग छलफल गरेर विनियमावली र निर्देशिकालाई अन्तिम टुंगो लगाइने बताए।
प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले प्रहरी भर्नाको परीक्षा र तालिमको प्रक्रियाबारे आयोगले अनौपचारिक छलफल गरेको बताए।
प्रतिक्रिया