ad ad

छापा खबर


गायिका आस्था राउतविरुद्ध प्रहरीको ‘प्रतिशोध’

गायिका आस्था राउतविरुद्ध प्रहरीको ‘प्रतिशोध’

नेपालखबर
माघ ८, २०७६ बुधबार ०:४०,

यही माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा विमानस्थलको आन्तरिक टर्मिनलमा चेकिङका क्रममा ज्याकेट खोल्ने विषयमा गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच सामान्य विवाद भयो। विवाद तत्कालका लागि भनाभनमा गएर टुंगियो।

त्यही विषयमा पछि गायिका राउतले प्रहरीप्रति आक्रोश पोख्दै आफूलाई अभद्र व्यवहार गरेको भन्दै गाली गरेर भिडियो फेसबुकमा राखेपछि फेरि विवाद सुरु भयो।

आस्थाको भिडियोले प्रहरी संगठनमा आँच पुगेको भन्दै प्रहरीले पनि विमानस्थलमा उनले महिला प्रहरीसँग झगडा गरेको सीसीटीभी फुटेज सार्वजनिक गरिदियो।

त्यसअघि नै आस्थाले गल्ती महसुस गर्दै फेसबुकमा बोलेका कुराप्रति माफी मागिसकेकी थिइन्। तर प्रहरी यतिबेला उनलाई जसरी पनि पक्राउ गर्न अग्रसर देखिएको छ।

प्रहरी जवान श्रेष्ठलाई उजुरी गर्न लगाएर अभद्र व्यवहारसम्बन्धी मुद्दामा आस्थाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ। सामान्य विवादमा प्रहरी गायिका राउतविरुद्ध प्रतिशोधमा उत्रिएको भन्दै प्रहरी कदमको आलोचना भएको छ।

धेरैले प्रहरीको यस्तो कदम गलत भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन्। खासगरी कलाकारहरूले प्रहरीको कदमको विरोध गरिरहेका छन्।

पूर्वप्रहरीहरूसमेत यस्तो विवादलाई मुद्दा चलाउनुपर्ने अवस्था नभएको बताउँछन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

गायिका राउत यतिबेला सिक्किममा छिन्। नेपाल आएपछि उनलाई नियन्त्रणमा लिई बयान गराएर मुद्दा चलाउने तयारी छ।

यस्तो मुद्दामा एक वर्षसम्म कैद सजाय हुने गरेको छ। तर सामान्यतया आरोपितहरू न्यूनतम धरौटीमा छुट्ने गर्छन्। प्रहरीमा जोहरी दर्ता भए पनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णयसमेत गर्न सक्छन्।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेललाई यो विषय फौजदारी मुद्दा चलाउनैपर्ने विषय लाग्दैन।

‘मैले पनि एयरपोर्टको सीसीटीभी भिडियो हेरें,’ आयोगमा प्रहरीसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारीसमेत पाएका पौडेलले भने, ‘त्यो हेर्दा प्रहरी र गायिका दुवैको गल्ती देखिन्छ। त्यसकारण त्यत्तिकै आधारमा आपराधिक मुद्दा चलाउनु गलत हो।’

याे पनिगायिका आस्था र प्रहरीबीच विमानस्थलमा खास के भएको थियो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .