ad ad

छापा खबर


मोडलिङको प्रलोभनमा झन्डै बेचिइन् युवती

मोडलिङको प्रलोभनमा झन्डै बेचिइन् युवती

नेपालखबर
पुस ११, २०७६ शुक्रबार ०:३,

‘काठमाडौँमा मोडलिङ गर्ने हो?’ सीतापाइलाकी प्रेममाया तामाङको आकर्षक प्रस्तावले रिमा (नाम परिवर्तन) सुरुमै लोभिइन्।

राम्रो पारिश्रमिक र अवसरको प्रलोभनमा परेकी उनले प्रस्ताव टार्न सकिनन्। मोडलिङका लागि उचाई अनिवार्य ६ फिट हुनुपर्ने भन्दै प्रेममायाले नाप लिएको भिडियो विराटनगरका उमेश साहलाई पठाइन्।

उतावाट स्वीकृत भएपछि रिमालाई विराटनगर लैजाने योजना बन्यो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

युवतीलाई पटकपटक महिनावारी भए नभएको, अप्रेसन गरे नगरेकोजस्ता प्रश्नहरु गरियो। त्यसपछि उनका आफन्तले शंका गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई पुस ४ गते जानकारी दिए।

जानकारी पाए लगत्तै कार्यालयबाट विशेष प्रहरी टोली परिचालन गरी युवतीको पिछा गर्दै विराटनगरसम्म पुगी घटना अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

दिलकुमारी बुढासँग हवाईजहाजबाट पुस ७ गतेविराटनगर पुगेकी उनलाई कृष्ण तामाङ र उमेश साहले भेटघाट गरी भ्यानमा राखेर रामजानकी मन्दिरको खाजा घरमा लगेका थिए।

त्यसपछि उनलाई त्यहीँकै जलजलाचोकस्थित काली मन्दिरको धर्मशालामा दुई वटा कोठा बुक गरी फेरिउनको उचाई नाप्दै महिनावारी भए नभएको, घाउचोटक लागे नलागेकोबारे सोधियो। कृष्ण र उमेश छिट्टै फर्कने भन्दै केही समयका लागि बाहिर गए।

पछिपछि गएको प्रहरीले उनीहरु बाहिर निस्केपछि अपरिचितहरुसँग कुराकानी गर्न थालेको भेटे। कुराकानीकाक्रममा उनीहरुले तान्त्रिक पूजाका लागि बोर्डर पारीलैजाने तयारी भएको पत्तो पाए।

घटनामा संलग्न उमेश माझी, रञ्जितकुमार चौधरी, दिलिप पोदरसँग समेत उनीहरुको छलफल भएको थियो।

युवतीलाई मोडलिङको लागि आवश्यक कपडा र सरसामग्री किनिदिने बहानामा जोगबनी बोर्डर हुँदै पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा विराटनगर फूल्चोक बूढिगंगा–१ बाट उनीहरुलाई बेलुका साढे ९ बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

युवतीलाई उद्धार गरी घटनामा संलग्न ७ जनालाई थप कारबाहीका लागि काठमाडौं ल्याइएकोछ।घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले पक्राउ व्यक्तिहरुले धेरै पैसा पाउने लोभमा ६ फिट उचाई भएकी युवती खोजीमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .