ad ad

छापा खबर


टाइम बमले मधेस अशान्त

टाइम बमले मधेस अशान्त

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ३:३,

मधेस शान्त थियो। अपराधी समूह सेलाएका थिए। तर महिना दिनयता प्रदेश-२ अशान्त छ।

श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्रहरीसहित चार गम्भीर घाइते भए।

शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो। कहीँकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजकरण महतोले लेखेका छन्।

सरकारी कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन्। मंसिर दोस्रो साता यता महोत्तरी, सलाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो। कतै सेनाले निस्कृय पारे त कतै पड्किएर धनजनको क्षति भयो।

जिल्ला प्रहरी, प्रदेश प्रहरी, संघीय इकाई कार्यालय जनकपुरधाम र हेडक्वाटरबाट छुट्टाछुट्टै टोली परिचालित छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी प्रद्युम्न कार्की भन्छन्, ‘बम बिस्फोट गराउने समूहको पहिचान भइसकेको छ।’

राजेशको घरमा टाइम बम राखिएको उनले बताए। कात्तिक २६ गते रौतहटको इसनाथ नगरपालिका ४ स्थित मठिया प्रहरी चौकीमा २६ अज्ञात समूहले बम फालेर भागे। बिस्फोटमा एक प्रहरी जवानलाई बमको छर्रा लागेर घाइते भए।

अपराधी समूहले मंसिर २८ गते सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा पनि बम बिस्फोट गरायो। कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले राखेको बम विस्फोट हुँदा झ्याल र ढोकामा क्षति पुग्यो। बम बिस्फोट गराएको आरोपमा एकजनालाई प्रहरीले गिरफ्तार गर्‍यो।

गत मंसिर १३ गते सिराहाकै धनगढीमाई नगरपालिकाको कार्यालयको ढोकाअघि शंकास्पद झोला देखियो। नगरप्रमुख हरिनारायण चौधरीको कार्यकक्ष रहेको भवनको मूलढोकामै झोलामा बम थियो। नेपाली सेनाको टोलीले बमलाई डिस्पोज गरे।

तराईका सशस्त्र समूहले हतियार बिसाए। सरकारसँग शान्ति वार्ता गरे। त्यसपछि मधेसको जनजीवन लयमा फर्किएको थियो। अपराधी समूहले फेरि बम आतंक बचाएको छ।

चन्दा माग्ने र नदिए घरमा बम हालेर तर्साउँदै आएको छ। श्रृंखलाबद्ध बम बिस्फोटले प्रहरीदेखि सर्वसाधारण त्रसित बनेका छन्। अज्ञात समूहले थापेको धरापमा धनुषामा प्रहरीअधिकृतसँगै अन्य दुईको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .