ad ad

छापा खबर


पाँच हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदै

पाँच हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदै

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार १:२,

देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने भएको छ ।

कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी भएपछि सरकारको निर्णयअनुसार दरबन्दी तथा अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

सम्बन्धित जिल्लाका स्थानीय तहमा मात्र होइन, फरक जिल्लाका स्थानीय तहमा समेत दरबन्दी तथा राहत कोटा हस्तान्तरण हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । १४ जिल्लाका तीन हजार तीन सय ५९ शिक्षक दरबन्दी तथा राहत अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेछ ।

१५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार चार सय ९३ दरबन्दी तथा राहत कोटा मिलान हुने शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।

शिक्षकको अन्तरप्रदेशसमेत मिलान हुने उनको भनाइ छ । ‘एक सय पाँच दरबन्दी तथा राहत अनुदान कोटा एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुनेछ,’ मन्त्री पोखरेलले भने ।

 अहिले देशभर प्राथमिक तहको शिक्षक दरबन्दी ८० हजार एक सय ७६ छ । निम्न माध्यमिकतर्फको दरबन्दी १६ हजार दुई सय ४४, मावितर्फको दरबन्दी १२ हजार सात सय २५ छ । साबिकको उच्च माध्यमिकतर्फको दरबन्दी दुई हजार छ ।

विभिन्न जिल्लामा शिक्षक विद्यार्थी अनुपात निकै असमान छ । विद्यालय क्षेत्र सुधार योजनाअनुसार विद्यार्थी शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडमा ३५ र तराई तथा उपत्यकामा ४० हुनुपर्छ ।

देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य र कतै अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिँदै आएको छ ।

शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार गरेको तथ्यांकअनुसार कक्षा एक देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .