हङकङका सरकारी अधिकारीहरुले १ करोड अमेरिकी डलरबराबरको सुन बरामद गरेका छन्।
जहाजबाट जापान लैजान लागिएको सुन बरामद गरिएको हो।
सोमबार सरकारले एक वक्तव्य जारी गर्दै १ सय ४६ किलो सुन पार्क गरिएको जहाजमा कार्गो गरिएका एयर कम्प्रेसरमा लुकाइराखिएको अवस्थामा बरामद गरिएको जनाएको छ।
सरकारी अधिकारीहरुले यसको तस्बिर समेत सार्वजनिक गरेका छन्। तस्करी गरिएको सुन स्क्रु र सिलिन्डरको आकारमा लुकाइएको थियो।
अर्कै रंगको बनाइएका ती सामान कोतर्दा त्यसमा सुन रहेको फेला परेको बताइएको छ।
गत मार्च २७ मा अवैध सुन मेसिन परीक्षणको क्रममा हङकङ भन्सार अधिकारीले पत्ता लगाएका थिए। त्यसपछि गरिएको अनुसन्धानमा ३ वर्षीय व्यक्तिलाई बुधबार पक्राउ गरिएको थियो।
उनी धरौटीमा छुटिसकेका छन् तर अनुसन्धान भने जारी छ।
हङकङको कानुनअनुसार कार्गो तस्करीमा दोषी व्यक्तिलाई अधिकतम २० लाख डलर र सात वर्ष जेल सजाय हुनसक्छ।
एक भन्सार अधिकारीका अनुसार मेसिनरी पुर्जामा सुन भेटाइएको यो नै पहिलो हो।
जापानमा १० प्रतिशतजति आयात शुल्क छल्न उक्त सुन तस्करी गर्न लागिएको ती अधिकारीको भनाइ छ। त्यसबाट तस्करको १० लाख डलर बचत हुन सक्थ्यो।
हङकङ विश्वकै ठूलो सुन कारोबार हुने सहर हो। गत फेब्रुअरीमा पनि सुन तस्करी गर्ने क्रममा एक जना पक्राउ परेका थिए। यसअघि पनि हङकङमा तस्करीको अवैध सुन बरामद गरिएको थियो।
सन् २०२४ मा सुनको मूल्यले एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ। सीएनबीसीबाट
Shares
प्रतिक्रिया