‘हङकङ प्रदर्शनकारीमाथिको गोली प्रहार जायज’

‘हङकङ प्रदर्शनकारीमाथिको गोली प्रहार जायज’

नेपालखबर
असोज १५, २०७६ बुधबार १०:४०,

हङकङका प्रदर्शनकारीमाथिको गोली प्रहार जायज भएको चिनियाँ संचारमाध्यमले जनाएका छन्।

हङकङ प्रहरीले मंगलबार प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए।

सो क्रममा हङकङका १८ वर्षका किशोर साङ चि–किन घाइते भएका थिए। उनको छातीमा गोली लागेको थियो। यतिबेला उनको अवस्था सामान्य बन्दै गएको छ।

Image result for police beaten in hk

ज्यान जाने खतरा भएपछि ती प्रहरी जवानले प्रदर्शनकारीमाथि गोली चलाएको हङकङ प्रहरीले एससीएमपीलाई बताएको छ।

चिनियाँ समाचार संस्था सिन्हवाले पनि प्रहरीले गोली चलाएको घटनाको बचाउ गरेको छ। सिन्ह्वाले भनेको छ,‘ठूलो भीडले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले प्रतिकार गरे।’

Two bloodied police officers raise their weapons. Photo: Rice Post

मंगलबार चीनले ७० औं वार्षिकोत्सव मनाइरहँदा हङकङमा चिनियाँ वार्षिकोत्सवको विरोध भएको थियो।

प्रदर्शनकारीमाथि गोली प्रहार भएपछि हङकङ प्रहरी र सरकारको आलोचना भएको छ। बुधबार हङकङमा घटनाको निन्दा गर्दै प्रदर्शनकारीले सरकारी विरोधी प्रदर्शन गरे।

उनीहरुले व्यस्त सडकलाई जाम गरेर प्रदर्शन गरेका थिए। गोली प्रहार गर्ने प्रहरीलाई कारवादी गर्नुपर्ने उनीहरुको माग रहेको छ।

Hundreds of protesters march along one of Hong Kong’s busiest roads. Photo: Sam Tsang

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .