हङकङमा सुपुर्दगी विधेयकबिरुद्धको प्रदर्शनमा सबैभन्दा बढी मानव सागर उराल्ने नागरिक मानव अधिकार मोर्चाका संयोजक जिम्मी शम त्सिट–किट माथि नकाबधारी समूहले आक्रमण गरेको छ।
आगामी शनिबार अर्को मानव सागर उराल्ने योजनाको पूर्वसन्ध्यामा जिम्मीमाथि आक्रमण भएको छ।
संयोजक जिम्मी र उनका सहयोगीलाई बिहीबार अपरान्ह जोर्डनस्थित ताक हिङ स्ट्रिटको एक रेस्टुरेन्टमा दिउँसोको खाना (लन्च) खाइरहेका बेला आक्रमण भएको हो।
जिम्मी र उनका सहयोगीमाथि नकाब लगाएका दुई व्यक्तिले धातुको रड र बेसबल ब्याटद्वारा आक्रमण गरिएको आरटीएचकेले बताएको छ।
शुरुमा उक्त नकावधारीहरु जिम्मीको टेबल फुटाइदिए। जिम्मीका सहयोगीले त्यसो नगर्न भन्दै उनलाई जोगाउन खोज्दा उनको बायाँ पाखुरामा तीन चोटी प्रहार गरे। उक्त प्रहरबाट पाखुरा सुन्निएपछि उनलाई उपचारार्थ नजिकैको कुइन एलिजावेथ अस्पतालमा अस्पताल लगिएको छ।
अघिल्लो दिन, हाते माइकबाट आफ्नो भनाई राखिरहेको बेला सरकार समर्थक व्यक्तिहरूको समूहले जिम्मीलाई घेरा हाल्दै मोर्चाको गतिविधिलाई ‘निन्दा’ गरेका थिए। उक्त समूहले जिम्मीलाई दंगा कर्ता भन्दै उनको हातेमाइक खोस्न खोजेका थिए।
प्रहरीले हस्तक्षेप गरेपछि उक्त समूह तितरबितर भएको थियो। प्रहरीले प्रतिबन्ध लगाए पनि आगामी शनिबार नागरिक मानव अधिकार मोर्चाले सेन्ट्रल तथा वेस्टर्न डिस्ट्रीकमा विशाल जुलुस निकाल्ने तयारी गरिरहेको छ। जहाँ केन्द्र सरकारको हङकङ हेर्ने सम्पर्क कार्यलय छ।
गत जुलाईमा प्रदर्शनकारीहरुले उक्त कार्यलय माथि धावा बोलेका थिए।
Shares
प्रतिक्रिया