मर्सर कम्पनीले गरेको सर्वेक्षणमा विश्वको सबैभन्दा महँगो शहर तुर्केमिनिस्तानको राजधानी अस्गाबात हो भने दोस्रोमा हङकङ शहर परेको छ।
यस्तै तेस्रो महँगो शहर लेबननको बेइरुत हो भने चौथों महँगो शहर जापानको टोकियो हो।
तुर्केमेनिस्तानमा कोरोनाका कारण आर्थिक संकट निम्तिनु र खाद्य सामग्रीको कमी हुनुले महँगी बढेको बताइएको छ।
प्रायः सबै महँगा शहरमा कोरोनाले आर्थतन्त्रमा प्रभाव पर्दा महँगी बढेको अनुसन्धानमा उल्लेख गरिएको छ।
लकडाउन हुँदा खाद्यान्न अभाव भएको र अभाव भएपछि रहेका खाद्य सामग्री महँगो भएको जनाइएको छ। महँगीले विदेशी कामदारले ती ठाउँमा ठूलो अभाव महसुस गरेको बताइएको छ।
प्रतिक्रिया