तर हङकङमा शनिबार ४२ दिनपछि पहिलोपटक स्थानीयस्तरबाटै कोरोना भाइरसको संक्रमण फैलिएको देखिएको छ।
एक १७ वर्षका विद्यार्थीमा बेलायती अल्फा भेरियन्ट देखिएको र उनमा कसरी कोरोना देखियो भनेर अनुसन्धान भइरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
अल्फा भेरियन्ट देखिए पनि उनको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएको छैन। उनको भ्रमण इतिहास नै नभएकाले उनमा स्थानीयस्तरबाटै कोरोना फैलिएको अनुमान गरिएको छ।
बेलायती भेरियन्ट सुरुवातमा देखिएको कोरोनाभन्दा ७० गुणा संक्रामक हुन्छ त्यसकारण यो घटनाले त्रास पैदा गरेको छ।
अधिकारीहरुका अनुसार सुक्ष्म रुपमा अल्फा भेरियन्ट फैलनु खतराको संकेत हो।
हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सनका डाक्टर रोनाल्ड लाम म्यान–किनका अनुसार हालसम्म २७४ हङकङबासीमा कोरोनाको बेलायती भेरियन्ट पुष्टि भएको छ।
यी १७ वर्षका विद्यार्थी पहिलो त्यस्ता संक्रमित हुन् जो विदेश भ्रमणबाट फर्किएका होइनन्।
हङकङमा शनिबार एक संक्रमित थपिएसँगै हालसम्म त्यहाँका ११ हजार ८५२ मा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
कोरोना संक्रमित २१० को मृत्यु भइसक्दा त्यहाँ ११ हजार ५८४ कोरोनामुक्त भएका छन्। अहिले त्यहाँ मात्र ५८ सक्रिय संक्रमित छन्।
प्रतिक्रिया