चिनियाँ विदेश मन्त्रालय अन्तर्गतको हङकङको कार्यालयका प्रमुख लिउले आफ्नो कार्यालयले हङकङको रक्षा कवचको रुपमा काम गर्ने बताएका हुन्।
उनले विदेशी शक्तिको हस्तक्षेपलाई बिफल बनाउने वाचा गरेको साउथ चाइना मर्निङ पोस्टे जनाएको छ।
मंगलबार मात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामसँग लिउले भेटघाट गरेका थिए। दुवैले चिनियाँ सार्वभौमिकता र सुरक्षाको रक्षा गर्ने प्रतिवद्धता जनाएका थिए।
हङकङमा बेलायत र अमेरिकाले हस्तक्षेपकारी भूमिका खेलेको भन्दै मुख्यक्षेत्र चीन रुष्ट छ। सन् २०१९ मा अमेरिका र बेलायतको झण्डा फहराउँदै प्रदर्शनकारीहरुले चीनको झण्डा जलाएका थिए।
उनीहरुले अमेरिका र बेलायतले हङकङलाई छुट्टै राष्ट्र बन्न सहयोग पुर्याउनु पर्ने बताएका थिए। यद्यपी हाल चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरिसकेको छ।
कानुनअनुसार हङकङमा चिनियाँ झण्डा र चीनको राष्ट्रिय गानको विरोध गर्न पाइँदैन।
समग्रमा चीनको विरोध गर्नेलाई अपराधी करार गरेर कारवाही गरिने भएपछि यतिबेला त्यहाँका मानिसहरु मुख्यक्षेत्र चीनको विरोध गर्न अगाडि सोच्न बाध्य भएका छन्।
हङकङमा यतिबेला राष्ट्रवादी व्यक्तिले मात्र चुनावमा उठ्न पाउने नियम समेत चीनले लागू गरिदिएको छ।
हङकङको चुनावी प्रक्रिया र त्यहाँका नागरिकको स्वतन्त्रतालाई चीनले एक देश दुई प्रणालीको नियम उल्लंघन गरेर चुनौती दिएको बेलायत र अमेरिकाले बताउँदै आएका छन्।
प्रतिक्रिया