आफ्नो सामाजिक संजाल दुरुपयोग भएको भन्दै फेसबुक र ट्वीटरले संयौं फेसबुक तथा ट्वीटर अकाउन्ट बन्द गरेको जनाएको छ।
सोमबार फेसबुक र ट्वीटरले अब चीनको नियन्त्रणमा रहेका विभिन्न राज्यका संचारमाध्यम तथा कम्पनीको विज्ञापन तत्काललाई बन्द गरिने पनि फेसबुक र ट्वीटर दुवैले जनाएका छन्।
फेसबुक र ट्वीटर दुवै अमेरिकी सामाजिक संजाल कम्पनी हुन्।
चीनले सामाजिक सञ्जालबाट हङ्कङमा भइरहेको आन्दोलनबारे भ्रामक सूचना फैलाउने अभियान चालेको पत्ता लागेपछि नियन्त्रणका लागि उपयुक्त कदम चालिएको ट्विटर र फेसबुकले बताएका छन्।
मुख्यभूमि चीनबाट सञ्चालित ती खाताहरू सङ्गठित रूपबाट हङ्कङको राजनीतिक अवस्था र त्यसको वैधतालाई कमजोर पार्ने उद्देश्यबाट सञ्चालित भएको उक्त सामाजिक सञ्जालले जनाएको छ।
ट्विटरले ’हङ्कङमा राजनीतिक द्वन्द्व सिर्जना गर्न खोज्ने’ ९ सय ३६ खाताहरू हटाइएको बताएको छ। फेसबुकले पनि सातवटा फेसबुक पेज, तीनवटा ग्रूप र पाँचवटा खाता हटाइएको जनाएको छ।
९ सय ३६ ट्विटर खाताबाहेक अन्य दुई लाखजति खाता अफवाह फैलाउने उद्देश्यले खोलिएको भए पनि तिनलाई प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको बताइएको छ।
ट्विटरले आफ्नो एउटा विज्ञप्तिमा भनेको छ,‘हाम्रो विस्तृत अनुसन्धानपछि सङ्गठित रूपमा (चीन) सरकार समर्थित काम रहेको देखिने बलिया प्रमाणहरू भेटिएका छन्।’ एससीएमपी
प्रतिक्रिया