विद्यालय पूर्ण रुपमा नियमित संचालन भएपछि हङकङका अभिभावकहरु खुशी भएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सोमबार ९ लाख विद्यार्थीहरु विद्यालय तथा क्याम्पस गएका थिए।
कोरोनाको प्रभाव नियन्त्रणमा आएसँगै यहाँ ६ महिनापछि पहिलोपटक सबै विद्यार्थीलाई विद्यालयमा बोलाइएको हो।
आफ्ना छोराछोरीहरु विद्यालय पठाउन पाउँदा हङकङका अभिभावकहरु पनि खुशी भएका छन्।
४० वर्षकी मेबल वोङ भन्छिन्,‘म निकै खुशी छु। जब मैले पहिलेकै जसरी विद्यालय खुल्छ भन्ने समाचार सुने म निकै हर्षित भए।’
उनका दुई बालबच्चा छन्। दुवै याउ मा तेइको माध्यमिक विद्यालयमा पढ्छन्।
‘पूर्ण क्षमतामा विद्यालय सुचारु भएपछि बच्चाहरू अपेक्षाकृत ढंगमा सामाजिक जीवनमा फर्कन सक्छन् र घर बाहिर वरिपरि घुम्न सक्छन्’ अर्की महिला केली ताम भन्छिन्,‘आमाबाबु पनि धेरै समयदेखि घरमा बच्चाहको हेरचाह गर्दा दबाबमा परेका हुन्छन्। विद्यालयको पढाई निकै प्रभावकारी हुन्छ।’
हङकङमा कोरोनाको प्रभाव यतिबेला घट्दै गएको देखिएको छ। सोमबार यहाँ एकमात्र कोरोना संक्रमित थपिएका छन्।
हङकङमा हालसम्म ११ हजार ८३४ मा कोरोना पुष्टि भइसकेको छ। यहाँ २१० को कोरोनाका कारण मृत्यु भइसक्दा ११ हजार ५५६ कोरोनामुक्त भएका छन्।
प्रतिक्रिया