नर्थपोइन्टको फोर्ट स्ट्रिटमा रहेको वाइसम्यान बिल्डिङको फ्ल्याटमा ८३ वर्षका वृद्धा र ८५ वर्षकी उनकी श्रीमती मृत फेला परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रहरीका अनुसार ती दम्पतीका छोराले बुबालाई झुन्डिएको अवस्थामा आमालाई ओछ्यानमा बेहोस फेला पारेका थिए।
शनिबार राति ७ बजे आमा र बुबाको दुर्दशालाई देख्नासाथ उनले प्रहरीलाई खबर गरेका थिए।
तत्काल वान चाईको रुटनजी अस्पतालमा दम्पतीलाई भर्ना गरिएको थियो। तर त्यहीँ उनीहरुलाई मृत घोषणा गरिएको थियो।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा वृद्धले श्रीमतीको हत्या गरेको आत्महत्या गरेको अनुमान गरेका छन्। एससीएमपी
प्रतिक्रिया