३० नयाँ संक्रमित थपिँदा २९ जना आयातित संक्रमित भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आइतबार थपिएका संक्रमितहरु गत मार्च १५ यताकै सबैभन्दा बढी भएको बताइएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ६८३ पुगेको छ। कोरोनाका कारण यहाँ २०९ को मृत्यु भइसकेको छ।
आइतबार थपिएका संक्रमितमध्ये २२ जना भारतबाट आएका व्यक्तिहरु भएको बताइएको छ।
हङकङमा अन्य क्षेत्रमा भन्दा कोरोनाको प्रभाव कम परेको देखिएको छ।
यहाँ कोरोनाविरुद्धको खोप अभियान पनि सुरुवात भइसकेको छ।
प्रतिक्रिया