विवाद चर्चिएपछि ती व्यक्तिले श्रीमतीलाई कारले ठक्कर दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
एससीएमपीका अनुसार काउलुन सिटीमा बुधबार बिहानै श्रीमान श्रीमतीको फोन लिएर बाहिर निस्कन खोजेका थिए।
तर श्रीमतीले आफ्नो फोन श्रीमानलाई दिन मानेनन् जसका कारण दुवैबीच चर्काचर्की भएको थियो।
ती पुरुषले श्रीमतीलाई कार भित्रै लगेर कुटपिट गरेको पनि प्रत्यक्षदर्शीले बताएका छन्। त्यसपछि उनी कारमा चढेर त्यहाँबाट जान खोजेका थिए।
सो क्रममा उनको कारले महिलालाई ठक्कर दिएको थियो। महिलाको देब्रे खुट्टामा चोट लागेको छ।
हाल उनको क्विन इलिजावेथ अस्पतालमा उपचार भइरहेको छ। कारले ठक्कर दिएसँगै महिलाले प्रहरी बोलाएका थिए।
प्रहरीले महिलाको फोन ती पुरुषसँगै फेला पारेका थिए। यतिबेला पुरुषलाई गिरफ्तार गरिएको छ।
यद्यपी उनीमाथि कुनै अभियोग लगाइएको छैन। एससीएमपी
प्रतिक्रिया