शान्ति र सुरक्षित भूमिको रुपमा प्रतिष्ठा कमाएको हङकङ आन्दोलनका कारण रणभूमीमा परिणत हुँदै गएको छ। दुई महिना भन्दा अगाडिबाट थालिएको सुपुर्दगी विधेयक बिरुद्दको शान्तिपुर्ण आन्दोलनले पछिल्लो समयमा हिंसात्मक रुप लिईरहेको छ।
दैनिक जसो हुने प्रदर्शनले आईतवार उग्र रुप लिएको थियो। चिम शा शुई, शाम शुई पो, वान चाई र क्वाई चुंग, नर्थ प्वाइन्ट लगायतका बिभिन्न स्थानहरु रणमैदानमा परिणत भएको थियो। जसमा ३० भन्दा बढी आन्दोलनकारीहरु पक्राउ परेका छन्। चिम सा शिइ प्रहरी स्टेसनमा आन्दोलनकारीहरुको पेट्रोल बम प्रहारले एक प्रहरी घाइते भएका छन् भने प्रहरीको रबर बुलेटबाट एक महिला घाइते भएकी छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार विभिन्न स्थानमा भएको झपडमा अस्पताल अथोरिटीलाई उदृद गर्दै सोमबार बिहानसम्म ४० जना घाइते भै अस्पतालमा उपचार भैरहेको बताएको छ। जसमध्ये १ पुरुष र १ महिलाको स्थिती चिन्ताजनक रहेको छ भने १२ जना सामान्य उपचार पश्चात घर फर्केका छन्।
आन्दोलन चर्किएर लम्बिँदै जाँदा आन्दोलनकारी र प्रहरीबीच थप वैमनस्यता बढ्दै मुसा बिरालोको खेल जस्तै बन्दै गैरहेको छ। गुरिल्ला युद्द तरिकाले ‘हिट एन्ड रन’ अर्थात हिर्काउ र भाग, ‘बि वाटर’ (पानी बनौँ–आकारहिन भेष बदलौ) को रणनीति लिएको छ भने प्रहरीले थप बल प्रयोग गरेर आन्दोलन दवाउने रणनीति लिएको छ।
आन्दोलनकारीहरु शान्तिपुर्ण प्रदर्शन भन्दा प्रहरीलाई निशाना बनाईरहेका छन्।अहिलेसम्म आन्दोलनकारीहरुले १२ वटा प्रहरी कार्यालयहरुको घेराउ र तोडफोड गरिसकेका छन्।
आइतबार साँझ प्रहरीले आन्दोलनकारीहरुलाई तितरबितर पार्न पहिलो पटक क्वाईफोङ रेल स्टेसन भित्र अश्रुग्यास प्रहार गरेको छ। बन्द क्षेत्रमा अश्रुग्यासको प्रयोग घातक हुने बिज्ञहरु बताउँछन।
प्रहरीको निर्देशिकामा समेत बन्द क्षेत्रमा अश्रुग्यास प्रयोग गर्न नहुने लेखिएको बताइन्छ। ताई कू, साईवान हो, साउ कि वान रेल स्टेसनमा समेत झडप भएको छ। जहाँ आन्दोलनकारीहरुलाई त्यहाँका बासिन्दाहरुले समर्थन गरेका छन्। आन्दोलनकारीहरुले प्रहरी उपर इटा, पेट्रोल बम लगायतले आक्रमण गर्दै आएका छ्न भने प्रहरिले अश्रुग्यास, रबर बुलेट आदिले प्रहार गर्दै आएको छ।
एशियाकै उत्कृष्ट प्रहरी बल मानिएको हङकङ प्रहरीसँग आन्दोलनकारी मात्र हैन स्थानीय बासिन्दाहरुबीच पनि दुरि बढ्दै गैरहेको छ। प्रदर्शनकारीहरुबाट प्रहरी ‘भ्रष्ट, गुन्डागर्दी, नालायक’ जस्ता अपशब्दले अपहेलित हुँदै आईरहेका छन्।
प्रहरी भने ‘से मो भोईलेन्ट’ अर्थात ‘हिंसा नगरौँ’ अभियानमा साथ दिन बासिन्दाहरुलाई अपिल गर्दै कर्तब्य र कानुन पालना गर्न गराउन साथ दिन आग्रह गरेको छ। गत जून १२ मा पहिलो पटक अश्रुग्यास प्रयोग तथा गत जुलाई २१ मा युनलङ स्टेसनमा भएको झडपमा प्रहरीले उदाशिनता देखाएको भनी व्यापक आलोचना भएको हो। हिजो आइतवार रेल स्टेसनमा भएको अश्रुग्यास प्रकरणले प्रहरी थप आलोचित हुने सम्भावना बढेर गएको छ।
झडपकै क्रममा पत्रकारहरु माथि पनि आक्रमण भएको छ। नर्थ प्वाइन्टमा भएको एक झडपमा सरकार समर्थन फुजियनहरुले फोटो भिडियो खिचेको भनी आरटिएचकेका एक पत्रकार माथि आक्रमण गरेका थिए। पत्रकारहरु माथी बेलाबेला दुर्व्यवहार हुँदै आएको छ।
प्रहरी बल बिगत केही दिनबाट थप कडाईका साथ प्रस्तुत भएको छ। सन २०१४ मा छाता आन्दोलन मथ्थर पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका प्रहरी सहायक प्रमुख एलन लाउलाई अवकाशबाट फिर्ता बोलाए पछि स्थिती थप जटिल बन्ने अनुमान गरिँदैछ। प्रहरी आन्दोलनकारी जस्तै कालो टिसर्टमा भेष बदली आन्दोलनकारीहरुलाई पक्राउ गर्न सहयोग गरेको भन्ने आरोप लागेको छ।
प्रमुख कार्यकारी क्यारी लामले युवा पुस्तासँग सम्बाद गर्ने बताए पनि आन्दोलनकारीहरुको प्रमुख ५ मागको सम्बोधन गरिएको छैन। आन्दोलन झन् झन् चर्किँदै गैरहेको छ। यसले थप हिंसा र मुठभेडको स्थिती सिर्जना भएको छ।
सोमबार बिहान अस्पतालका स्वास्थकर्मीहरुले प्रहरीले जनताको सुरक्षाको ख्याल नगरेको तथा प्रदर्शनकारीहरुको टाउकोमा निशाना गरेको भनी प्रदर्शन गरेको छ।
सरकारले सोमबार बिहान बिज्ञप्ति निकाल्दै आइतवार साँझ आन्दोलनकारीहरुले गरेको हिंसाको भत्सर्ना गरेको छ। विज्ञप्तिमा भनिएको छ ‘गत आइतवार साँझ प्रदर्शनकारीहरुको हिंसात्मक हर्कतले आश्चर्यकित तुल्याएको छ, जसले कानूनको पूर्ण बेवास्ता गरेको तथा पुलिस र जनताको सुरक्षा माथी गम्भीर संकट सिर्जना गरेको छ, त्यस्तालाई प्रहरीले कानुन बमोजिम कडाई गरी अवैध प्रदर्शनकारीहरुलाई न्यायको कठघरामा उभ्याइनेछ। हामी जनतालाई हिंसाबाट टाढा रहँदै चाँडो भन्दा चाँडो शान्ति बहाल गर्न सहयोग गर्न अपिल गर्दछौँ।’
विश्व बिद्यालयको गठबन्धन युनियनले प्रहरी दमन बिरुद्द अनिश्चितकालिन हड्तालको आव्हान गरेको छ भने लगातार चौथो दिन सोमबार पनि आन्दोलनकारीहरुले चेपलाक कोक एयर्पोर्टमा धर्ना दिईरहेका छन्। जसको कारण आज सम्पुर्ण उडानहरु रद्द गरिएको छ।
प्रतिक्रिया