सिनोभ्याकको खोप लागाउने ७१ वर्षका वृद्धको आइतबार राति मृत्यु भएको सोमाबर यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
मार्च ३ मा खोप लगाएका व्यक्तिको आइतबार राति मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हङकङमा कोरोनाविरुद्धको खोप अभियान संचालन भइसकेको छ। आगामी हप्तादेखि १२ स्थानबाट खोप लगाउने कार्य थालिनेछ।
खोप अभियानलाई व्यापक बनाउने गृहकार्य भइरहँदा खोप लगाएका मानिसको मृत्यु भएको खबरले मानिसहरु त्रसित बन्न पुगेका छन्।
यसअघि फेब्रुअरी २८ मा ६३ वर्षका व्यक्ति र गत शनिबार मात्र ५५ वर्षका व्यक्तिको सिनोभ्याकको खोप लगाएपछि नै मृत्यु भएको थियो।
खोप लगाएपछि गम्भीर प्रतिकुल असर देखिएर मानिसहरुको मृत्यु भएसँगै गम्भीर रोगबाट पीडित मानिसले खोप लगाउन अगाडि डाक्टरसँग परामर्श गर्नुपर्ने भनेर त्यहाँका चिकित्सकले सुझाव दिएका छन्।
यसैबीच हङकङमा सोमबार ९ नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १ सय पुगेको छ भने यहाँ २०२ को मृत्यु भइसकेको छ।
१० हजार ६३६ भने कोरोनामुक्त भएका छन्।
प्रतिक्रिया