हङकङमा विष खुवाइएको घटनापछि घाँटी रेटिएको अवस्थामा भेटियो एक कुकुर

हङकङमा विष खुवाइएको घटनापछि घाँटी रेटिएको अवस्थामा भेटियो एक कुकुर

नेपालखबर
फागुन ८, २०७७ शनिबार १२:२८,

हङकङमा शनिबार बिहानै एउटा कुकुर घाँटी रेटिएको अवस्थामा भेटिएको हो।

ल्याब्राडोर रिट्राइभर प्रजातिको कुकुर शनिबार घाँटी रेटिएको अवस्थामा मृत भेटिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शनिबार बिहानै ७ बजेको समयमा स्युङ सुईको कु तुङ साउथ रोडमा उक्त कुकुर मृत भेटिएको थियो। उक्त कुकुरलाई तिन सम स्युनकाका एक व्यक्तिले पैदल हिँडिरहेको अवस्थामा देखेका थिए।

ती व्यक्ति घटनास्थलमा पुग्दा त्यहाँ रगत लतपत भएको थियो। हालसम्म यस घटनामा कसैलाई पक्राउ गरिएको छैन। प्रहरीले अनुसन्धान जारी राखेको छ।

हङकङको कानुन अनुसार जनावरमाथिको क्रुरता पुष्टि भए मानिसलाई ३ वर्षको जेल सजाय र २ लाख हङकङ डलरसम्म जरिवाना हुन्छ।

हङकङमा गतहप्ता मात्र एक हप्ताको अवधिमा १५ वटा कुकुरलाई विष खुवाएर मार्न खोजेको घटना सार्वजनिक भएको थियो।

तीमध्ये ६ वटा कुकुर मरेका थिए। प्रहरीले कुकुरलाई विष खुवाउने मानिस खोजिरहेको समयमाय फेरि कुकुरमाथिको क्रुर घटना सार्वजनिक भएको हो। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .